काठमाडौंमा आज मात्रै थपिए ३ हजार ९ सय ३९ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ९ सय ४३, ललितपुरमा ७ सय ९५ र भक्तपुरमा २ सय १ जना गरी ३ हजार ० सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जुन सोमबार संक्रमितमध्येको ५८.५ प्रतिशत हो।

Advertisement

सोही समयमा देशभर १७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। ५ सय ४७ जना संक्रमणमुक्त हुँदा १ लाख ४३ हजार ३ सय ६० जनाले खोप लगाएका छन्। सोही समयमा देशभर ३ जनाको मृत्यु हुँदा सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ जना पुगेका छन्।

देशभर थपिए ६ हजार ७३४ जना संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेके तथ्यांकअनुसार १७ हजार ४६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार १४ हजार १४ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ७४७ जनामा र तीन हजार ४५१ जनामा एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८७७ पुगेको छ। पछिल्लो २४ घन्टामा ५७४ जना डिस्चार्ज भएका छन् भने तीनजनाको मृत्यु भएको छ।

More News last news
Loading...