नारायणगढ-मुग्लिन सडक खण्डमा स्कार्पियो दुर्घटना, सात जना घाइते

काठमाडौं l नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ मा स्कार्पियो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

तीन नम्बर पुलबाट बा१३च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएका हुन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरको स्कार्पियो अनियन्त्रित भई पल्टिएर अन्दाजी ५०-६० मिटर तल त्रिशूली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ।

Advertisement

घाइतेहरूलाई उपचारको लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए । दुर्घटनाको कारण भने खुलेको छैन।

शंकर पोखरेललाई कोरोना

एमाले महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् ।

More News last news
Loading...