काठमाडौँ l अब राष्ट्रिय परिचयपत्र नम्बर आफ्नै मोबाइलबाट लिन सकिने भएको छ। राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत लिन सकिने विभागले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधवार एक सूचना प्रकाशित गर्दै परिचयपत्र नम्बर उपलब्ध हुने प्रक्रिया सहित जानकारी दिएको छ ।
मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत प्रक्रिया गर्न सकिने विभागले जनाएको छ । विभागले १ नम्बर प्रदेश, बागमती, गण्डकीका लागि एउटा र २ नम्बर प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि अर्को नम्बर जारी गरेको छ । यस्तो छ विभागको सूचना :
यस विभागबाट अभियान मार्फत अफलाइनमा विवरण प्रविष्ट गरी राष्ट्रिय परिचयपत्र नम्बर नपाउने महानुभावहरुको सुविधाको लागि एसएमएस प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र नम्बर एनआइएन उपलब्ध गराउन प्रारम्भ भएको पञ्जीकरण विभागले जनाएको छ।
यसका लागि म्यासेन्जर बक्समा गई आवेदन नम्बर टाइप गरी ३०००१ मा म्यासेज गर्नुहोला । (जस्तैः आवेदन नम्बर १२३४५६७८९ भएमा अगाडी एन राखेर (N१२३४५६७८९) टाइप गरी ३०००१ मा म्यासेज गर्नुहोला ।
म्यासेज पश्चात पनि राष्ट्रिय परिचय नम्बर (NIN) प्राप्त नभएमा आफ्नो प्रदेश अनुसार देहायका नम्बरमा (Whats App) मा कन्फर्मेशन रिसिप्ट म्यासेजको रेस्पोन्स को (Screenshot) फोटो खिची पठाउनु पर्नेछ।
ह्वाट्सप एपमा प्रयोग हुने मोबाइल नम्बरः नम्बर प्रदेश, बागमती, गण्डकी प्रदेशका नागरिकहरुले +९७७ ९८५१३१६०३४, प्रदेश नम्बर २, लुम्बिनी प्रदेश, कर्णाली, र सूदुर पश्चिमका नागरिका लागि +९७७ ९८५१३१६०३५ रहेका छन् । थप विवरणका लागि तलको विज्ञप्ति हेर्न सक्नुहुनेछ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
