काठमाडाैं l हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बिहान प्रदेश १ र २ लगायत क्षेत्रमा बदली छ ।
दिउँसो देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि आँकलन गरिएकाे छ ।
राति प्रदेश १, बाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।
बुधबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ।
यस्तो छ तीन दिने मौषम पूर्वानुमान
२०७८ पौष २७ गते (मंगलबार) दिउँसो : देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशभर आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ पौष २८ गते (बुधबार) दिउँसो : प्रदेश नं १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ , प्रदेश नं २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भू-भागहरुमा सामान्य बदली तथा अन्य सबै भु-भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ पौष २९ गते (बिहीबार) दिउँसो : देशभर आंशिक बदली रहने छ।, राती : देशभर आंशिक बदली रहने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
