काठमाडौं । विभिन्न मोबाइल नम्बरबाट फोन तथा म्यासेज गरी २० लाख रुपैयाँ माग्दै नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका-११ बारा घर भई चन्द्रागिरि नगरपालिका-९ मच्छे गाउँ बस्दै आएका २६ वर्षीय सञ्जीव भन्ने पदम काफ्ले रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनलाई बुधबार अपराध महाशाखाको टोलीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा पीडितलाई उनले २० लाख रुपैयाँ पटकपटक मागेको खुलेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
उनका अनुसार संजीवले विभिन्न मोबाइल नम्बरबाट कल गर्दै पैसा माग्ने र नदिने भए ज्यान मार्नेसम्मको धम्की दिने गरेको पनि खुलेको छ ।
बुधबार पक्राउ परेका उनलाई महाशाखाले थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको छ । उनीविरुद्ध परिसरले आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।
पक्राउ परेका उनीमाथि आपराधिक लाभ (एक्सट्रसन) लिन नहुने कसूरमा थप अनुसन्धानका लागि बिहीबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
