सिके रावतको पार्टी, मधेसमा आन्दोलन गर्दै काठमाडौं पस्यो

काठमाडौं । प्रदेश २ का विभिन्न जिल्लामा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।

Advertisement

प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’ जस्ता नाराहरु लगाएका थिए।

हरेक वर्ष मल अभाव झेल्दै आएका किसानले मलका लागि संघर्ष समेत गर्दै आएका छन्। उता चिनी मिलले भुक्तानी नदिँदा उखु किसान पनि पीडित हुँदै आएका छन् । यही बेला किसानको मुद्दा लिएर जनमत पार्टी आन्दोलनमा उत्रिएको हो।

More News last news
Loading...