फेरि महरामाथि खनिइन् रोशनी, भन्छिन् ‘जेलबाट छुट्न खाएको कसमको रेकर्ड छ’

काठमाडौं । रोशनी शाहीले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई फेरि विवादमा तान्न थालेकी छिन्। उनले महराले जेलबाट छुटाउन गरेको बाचा कसमको रेकर्ड आफूसँग सुरक्षित रहेको बताएकी छिन्।

आज सामाजिक सञ्जालमा रोशनीले दुनियाँले आफूलाई महरासँग करोड खाएको भनिरहँदा त्यसबारे महराले पुष्टि गर्नुपर्ने लेखेकी छिन् । उनले पछिल्लो समय महराविरुद्ध पोष्ट गर्न थालेकी छिन् ।

Advertisement

महराविरुद्ध यौन दुव्र्यवहारको अभियोग दर्ता गरेकी रोशनीले पछि आफै छुटाउन सक्रिय भएकी थिइन् । रोशनीको बयानका आधारमा महरा छुट्ने अवस्था बनेको थियो ।

सामाजिक सञ्जालमा रोशनीले लेखेकी छिन्ः “महराले जेल बाट छुटाउन गरेको बाचा कसम राहुलले गरेका मसंग छुटाईदिनुपर्यो भनेर गरेका कुराहरुको रेकर्ड मेसेज सुरक्षित छ दुनियाले मलाई महरा संग करोड खाको कुरा महराले दुनियाँ संग भन्नुपर्छ मैले कति खाए भनेर पुष्टि गर्नुपर्यो (बास्टर) ।”

More News last news
Loading...