एसवी थापा/सर्लाही । सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ जंगलमा भएको मोटरसाइकल दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ।
ईश्वरपुर नगरपालिका–३, स्थित भक्तिपुर–वयलवास सडकखण्डको सागरनाथ जंगलमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परेर ईश्वरपुर नगरपालिका–१० का अरुण सिंह, सोेही स्थानका श्रगम विश्वकर्मा र रोहन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।
उनीहरू सवार बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रुखमा ठोकिएको थियो। उनीहरु सडकबाट १० मिटर तल पुगेका थिए। प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारी दिए । एकैगाउँका तीन जनाको मृत्युले गाउँ पुरै शोकमा डुबेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
