हर्के हवल्दारका चर्चित कलाकार मोटरसाइकल ‘दुर्घटनामा‘

काठमाडौं l हाँस्य सिरियल ‘हर्के हवल्दार’ का कलाकार सागर गिरी मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते भएका छन् । आइतबार ‘हर्के हवल्दार’ सुटिङका लागि भक्तपुरबाट काठमाडौं धर्मस्थली आउँदै गर्दा उनी मोटरसाइकल दुर्घटनामा परेको हास्य कलाकार महादेव त्रिपाठीले जानकारी दिए।

दुर्घटना लगतै गिरीलाई ठिमीको कोरियन अस्पतालमा भर्ना गरिएको छ । त्रिपाठीका अनुसार गिरीको दाईने खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ । खुट्टामा स्टिल राख्नुपर्ने भएकाले सोमबार अपरेसन हुने भएको छ ।

Advertisement

सिरियलमा अभिनयको अलवा प्रोडक्सन म्यानेजरको काम समेत गर्दै आएका गिरीले थुप्रै सिरियल तथा केही फिल्ममा समेत अभिनय गरेका छन् ।

यसैगरी, काठमाडौंमा एक महिला मृत फेला परेकी छन्। सोमबार बिहान कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ गागल फेदीस्थित सडक छेउमा एक महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

मृत फेला पर्नेमा ३३ वर्षीया धनमाया लामा हुन्। लामा त्यही ठाउँकी स्थानीय हुन्। स्थानीयले बिहान उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तालिम प्राप्त कुकुर, चिकित्सकसहितको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा परिसरका एसएसपी र महाशाखाबाट एसपीको टोली खटिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

शवको पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिँदैछ। उनको मृत्यु कसरी भएको हो भन्ने पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ।

More News last news
Loading...