कांग्रेसको केन्द्रीय सदस्यमा राजन केसीको रोमाञ्चक जित, पूर्वराष्ट्रपतिकी भतिजी पराजीत

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा राजन केसी ५ मतले केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

वाग्मती प्रदेश खुलाबाट दुई सदस्य जित्नेका केसीले पाँच मतले शेरबहादुर देउवा समूह (संस्थापन पक्ष)का उम्मेदवार ध्रुवप्रसाद अधिकारीलाई पराजित गरेका हुन् ।

Advertisement

अर्को एक सदस्यमा संस्थापन निकटका ध्यानगोविन्द्र रञ्जित विजयी भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

पूर्वराष्ट्रपतिकी भतिजी पराजीत

कांग्रेस केन्द्रीय सदस्यमा किरण यादव ८० मतले पराजित भएकी छन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवकी भतिजी किरण कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मधेसी खुला महिलातर्फ पराजित भएकी हुन् ।

किरण डा. शेखर कोइराला प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् । केन्द्रीय सदस्य यादव ८० मतले पराजित भएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले दिए ।

मधेसी महिलातर्फका चार कोटामा सबै संस्थापनबाट विजयी भएका हुन् । संस्थापनबाट मुक्ताकुमारी यादव ३९६९ मतका साथ पहिलो स्थानमा आइन् । मिनाक्षी झाले ३०१२ मत ल्याइन् । मञ्जुकुमारी यादवले २८८३ मत ल्याइन् ।

चौथो स्थानमा रहेकी नागिना यादवले २८४६ मत ल्याइन् । चौथो स्थानमा रहेकी नागिनासँग किरण यादव ८० मतले पराजित भएकी हुन् । किरण राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनीसमेत हुन् ।

More News last news
Loading...