तीन डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ६ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्रीसेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो।

यो वर्ष सबैभन्दा कम तापक्रम बिहीबार ३ डिग्री मापन भएको थियो। शुक्रबार अधिकतम तापक्रम १९ डिग्री थियो, आजको अधिकत तापक्रम दिउँसो मात्र थाहा हुन्छ।

Advertisement

मौसमविदहरुका अनुसार न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढ्न थालेको छ।

नेपालमा सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ। त्यहाँ बिहान न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ।

शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्री थियो। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण पनि तापक्रम घटिरहेको मौसमविद्ले बताएका छन् ।

More News last news
Loading...