काठमाडौं l पुष ४ गते (आइतबार) सरकारले सार्वजानिक बिदा दिने तयारी गरेको छ। उधौली पर्व, धान्य पूर्णिमा योमोरीपुन्हीको अवसर पारेर सार्वजानिक बिदा दिने निश्चित भएको गृहमन्त्रालय स्रोतले जनाएको छ।
यद्यपी आधिकारीक निर्णय भने, आउन बाँकी रहेको छ। ‘९५ प्रतिशत विदा दिने सम्भावना छ, गृहमन्त्रालय स्राेतले भन्याे, ‘अब सूचना जारी हुन मात्र बाँकी हाे।’
के हो योमरी ?
यसैगरी नयाँ धान भित्र्याएको खुशीयालीमा आइतबार नेवार समुदायले योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् ।
योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।
योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ। यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल समेत राखेर डल्लो बनाइन्छ ।
नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान पर्व उधौली, नेवारको योमरी पूर्णिमा तथा धान्यपूर्णिमाका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायसहितका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
