आफ्नै १७ वर्षीया छात्रालाई होटलमा लिएर यस्तो सम्म गर्ने प्रिन्सिपल

काठमाडौं । छात्रामाथि बलात्कार अभियोगमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष एवं प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल हिक्मत रावल पक्राउ परेका छन्।

१७ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोपमा रावललाई प्रहरीले पक्राउ गरेको हो। पीडित किशोरीको उजुरीका आधारमा रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रवक्ता खिमबहादुर घर्तीमगरले बताए ।

Advertisement

गत मंसिर २३ गते परेको उजुरीका आधारमा २४ गते स्कूलबाटै उनलाई पक्राउ गरिए पनि झण्डै एक सातापछि मात्र सार्वजनिक गरिएको हो। ‘मंसिर २३ गते परेको उजुरीका आधारमा २४ गते स्कूलबाटै पक्राउ गरेका हौँ, ‘उहाँले भन्नुभयो, ‘रावललाई अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरीरहेका छौँ।’

प्रिन्सिपल र बलात्कारको घटनालाई प्रहरीले गुपचुप राखेको थियो । स्प्रिङडेल एकेडेमीका अध्यक्ष रावलले ट्युसन पढाउने नाममा होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको खुल्न आएको बाँके प्रहरीका निमित्त प्रवक्ता घर्तीमगरले बताए।

ती किशोरीको स्वास्थ्य परीक्षणमा समेत यौनकार्य भएको खुलेको प्रहरीले जनाएको छ । रावलले ती छात्रालाई पटक पटक प्रलोभन र त्रास देखाएर यौन सम्बन्ध राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखिनै सुरुमा ट्युसन पढाईदिने बहानामा एकान्तमा बोलाउने र त्यसपछि होटलमा लगेर बलात्कार गर्ने गरेको पीडित पक्षको आरोप रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अस्लिल फोटो रहेको डर देखाएर पटक पटक बलात्कार गर्ने गरेको समेत पीडितले प्रहरी समक्ष बयान दिएका छन्। रावलले पछिल्लो पटक मंसिर १० गते ती छात्रालाई आफनै घरमा लगेर बलात्कार गरेपछि भने छात्राका अभिभावक प्रहरीसम्म पुगेका थिए।

छोरी २ दिनसम्म घर नआएपछि खोजतलास गरिदिन प्रहरी समक्ष उजुरी दर्ता गराएका छात्राका अभिभावकले छोरी भेटेपछि प्रहरीमा बलात्कार अभियोगमा किटानी निवेदन दिएका थिए।

More News last news
Loading...