काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ केही घटेको छ।
सोमबार स्थिर रहेको सुनको भाउ आज भने प्रतितोला रु २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला रु ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
