काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर छ।
आइतबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि तेजाबी सुन यही मूल्यमा कारोबार भएको थियो।
सुनको भाउ स्थिर रहेसँगै आज चाँदीको भाउ पनि स्थिर छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
