आज (शुक्रबार) घट्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ केही घटेको छ।

बिहीबार स्थिर रहेको सुनको भाउ आज भने तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार रुपैयाँमा रहेको थियो ।

सुनको भाउ घटेपनि आज चाँदीको भाउ भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

More News last news
Loading...