काठमाडौँ । नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ।
जसकारण शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ। उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना पनि रहेको छ।
राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीमा हल्का वर्षाको सम्भावना छ। शनिबार प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर १७ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ।
रातीः कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
२०७८ मंसिर १८ गते (शनिबार)
दिउँसो : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ मंसिर १९ गते (आईतबार)
दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
