आज (बुधबार) झन् घट्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । साताको चौथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ झन् ओरालो लागेको छ।

मंगलबार तोलामा १०० रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार प्रतितोला रु ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य मंगलबार प्रतितोला रु ९१ हजार ४०० रुपैयाँ रहेको थियो।

सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २०० रुपैयाँ रहेको छ। मंगलबार चाँदी प्रतितोला रु एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...