एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी, रावलद्वारा केन्द्रीय सदस्य अस्वीकार

काठमाडौं l नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरेको हो ।

आयोगका संयोजक विजय सुब्बाले ओलीलाई विजयी भएको घोषणा गरेका हुन्। ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए।

Advertisement

एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् ।  मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । रावल उपाध्यक्षमा पराजित भएका थिए ।

रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिएका छन्।

More News last news
Loading...