अबुधाबी । युनाईटेड अरब इमिरेट्सको स्थापना दिवशको अवसरमा ५० वर्षअघि सडकमा परेड चलिरहँदा इहाब फौद किशोर अवस्थामा थिए । ६४ वर्षीय फौद अहिले रिटायर्ड इन्जिनियर हुन् ।
सन् १९७१ को २ डिसेम्बरको भव्य कार्यक्रमलाइ उनी अहिले पनि स्मरण गर्छन्। उनले दुबईका संस्थापक शेख जायद बिन सुल्तानको फोटो बोकेर सहरका विभिन्न सडकमा मार्च गरेका थिए।
अबुधाबी परेडपछिका घटनाहरुको स्मरण गर्दा उनका आँखाबाट अहिले आँशु झर्छ। ‘५० वर्षपछि मैले विशेष महशुस गरिरहेको छु,’ उनी अगाडि भन्छन्, ‘त्यो परेड म र मेरो देशका लागि नै महत्त्वपूर्ण यात्रा थियो।’
दुबइको कूल एक करोड जनसंख्यामध्ये ९० प्रतिशत विदेशी छन्। दुबइ स्थापना हुँदा यहाँको जनसंख्या जम्मा तीन लाख थियो। अधिकांश घरहरु माटो र इट्टाले बनेका थिए। तर, अहिले भने दुबई आर्थिक र राजनीतिक रुपमा मध्येपूर्वकै शक्तिशाली देश साबित भएको छ।
मोतीको सहरसमेत भनिने दुबई अहिले विश्व बजार र वित्तिय गतिविधिको मुख्य केन्द्र हो। विश्वका ठूला ठूला गगनचुम्बी महलको घर दुबई अहिले विश्वकै मुख्य गन्तब्य बनेको छ।
‘बर्षैंअघि मानिसहरुले खजुरको हाँगा माटो र ईटाबाट घर बनाउथे । तर, ती सबै अहिले एकादेशको कथा बनेको छ,’ फउद भन्छन्।
‘तत्कालिन शेख जयेदले अरब राष्ट्रबादमा विश्वास गर्थे। दुबई महासंघ बनाउन उनले सात अोटा इमिरेट्सलाई एकजुट बनाएका थिए’, इन्टरनेसनल क्राइसिस ग्रुपका थिंक ट्यांक इलहाम फाकहरो भन्छन् । विश्वमा उत्पादित कच्चा पदार्थमध्ये अधिकांश कच्चा पदार्थ अहिले पनि दुबईमा उत्पादन हुन्छ।
सन् १९७० देखि तेल र ग्यासका कारण दुबईको तीव्र अार्थिक बृद्धि भइरहेको छ। दुबईको तेलको स्रोतका कारण राजधानी अबुधाबी वित्तीय यातायात पर्यटक र सञ्चारमाध्यमहरुका लागि मुख्य गन्तव्य बनेको छ।
सन् २०११ को अरब क्रान्तिपछि दुबईले अाफ्नो विदेश नीति परिमार्जन गरेको छ। उसले मध्येपूर्व र अफ्रिकामा भइरहेका युद्धको मध्यथता गरिरहेको छ। द्धन्द्धका कारण अरब मुलुकबाट भागेर अधिकांश मानिस यहाँ शरण लिइरहेका छन्।
‘छिमेकी मुलुकहरुमा भइरहेका जोखिमको दुबईले नजिकबाट मुल्यांकन गरिरहेको छ,’ फाकहरो भन्छन्। स्वतन्त्रपछि दुबई सापेक्षरुपमा तटस्थ थियो । तर, अरब क्रान्तिपछि उसले सक्रीय विदेश नीति अंगिकार गरेको छ।
दुबई मुस्लिम राजनीतिको प्रखर विरोधी हो। दशकौं लामो अरब राष्ट्रहरुसँग गरेको सहमतिलाइ उल्लंघन गर्दै गत वर्ष उसले इजरायललाइ मान्यता दिने एतिहासिक निर्णय गरेको थियो।
‘क्षेत्रीय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा दुबै यस क्षेत्रमा आवश्यकताअनुसार अझै बढी जबाफदेही हुन अावश्यक छ’, राष्ट्रपतिका सल्लाहकार अनवर गारगस भन्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
