आज (मंगलबार) झन् घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ।

सोमबार तोलामा १०० रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ५०० रुपैयाँ रहेको थियो।

सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २०५ रुपैयाँ रहेको छ। सोमबार चाँदी प्रतितोला रु एक हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...