यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ। यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो।

अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ। डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ।

Advertisement

अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन्। बेलायतमा दुई जनामा यो भाइरस देखिएको छ।

दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीका नागरिकलाई विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका हुन्।

ओमिक्रोन भेरियन्टको जोखिम उच्च भएको भन्दै सावधानी दर्शाउन डब्लूएचओले सबै देशलाई निर्देशन दिएको छ। यो भेरियन्ट ठूलो संख्यामा उत्परिवर्तन भएको पनि डब्लूचएओको भनाई छ।

डब्लूएचओले शुक्रवार ‘ओमिक्रोन’ नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सक्रमण बढेको जनाएको थियो। वैज्ञानिकहरूले यो भेरियन्टबारे थप अध्ययन गरिरहेका छन्।

More News last news
Loading...