भरतपुर । नेकपा एमालेको १०औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले नारायणगढ भरिभराउ भएको छ ।
यही क्रममा महाधिवेशन हेर्न आएका सर्वसाधारणको भिडले नरायणी नदीको पुल भरिएको छ । यो पुलको म्याद सकिइसकेको छ ।
म्याद सकिएको पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम बढेको छ । यसलाई सार्वसाधारणले जोखिमपूर्ण मानेका छ। नारायणाी नदीमाथिको यो पुल ४२० मिटर लामो छ । यो पुल २०३७ सालमा निर्माण भएको थियो।
यो पुलको म्याद सकिएपछि यसअघि नै नयाँ सिग्नेचर पुल बनाउन विज्ञहरूले सुझाव दिएका थिए । तर नेताहरूले यो पुललाई चुनावी एजेण्डा मात्रै बनाउँदै आएको सर्वसाधारणको आरोप छ ।
महाधिवेशनमा सहभागी हुन आएकाहरूले नारायणी किनारको नारायणगढतर्फको किनार लगभग भरिएको छ। यसैबीच झापा र कंचनपुरबाट महाधिवेशनका लागि हिडेका प्रतिनिधि र सर्वसाधारण अझै आइपुगेका छैनन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
