राजेन्द्र लिङ्देनको पक्षमा खुलिन् रेखा थापा

काठमाडौँ । कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छिन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे।

जमलको एलोप्यागोडा होटेलमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएका छन् ।

Advertisement

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको दरिलो समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

युवा नेतासहित धमलशमशेर राणासहित नेताहरूको समर्थन प्राप्त गरेका लिङ्देनलाई अभिनेत्री, निर्माता, निर्देशकसमेत रहेकी रेखाले पनि समर्थन जनाएकी हुन् । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

More News last news
Loading...