काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज (बिहीबार) पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।
मंगलबार तोलामा ५०० रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार प्रतितोला रु ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ३०० रुपैयाँ रहेको थियो।
सुनको भाउ घटेपनि आज चाँदीको भाउ भने बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २३० रुपैयाँ रहेको छ। बुधबार चाँदी प्रतितोला रु एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
