नेपालगञ्जमा अवतरण गर्ने क्रममा विमानमा स्याल ठोक्कियो

नेपालगञ्ज । काठमाडौँबाट नेपालगञ्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा स्याल ठोक्किएको छ।

बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसँग ठोक्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ।

Advertisement

सो कार्यालयका प्रमुख सुभाष झाले बुद्ध एअरको विमान अवतरण गरेर धावनमार्गमा दौडिरहेको बेला स्यालसँग ठोक्किएको र विमान तथा यात्रुहरु सबै सुरक्षित रहेको बताए। उनले सो विमान अवतरण गरे लगत्तै श्री एअरको विमान समेत अवतरण गरेको जनाउँदै धावनमार्गमा गएर हेर्दा स्यालका शरीका भागहरु टुक्रा भएको अबस्थामा फेला परेको बताए।

सो घट्ना पश्चात एक घण्टादेखि विमानस्थलबाट कुनै उडान नगरिएको र श्रीयरले काठमाडौँका लागि उडान गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ।

स्याल ठोक्किएको विमानको परीक्षण गरेर मात्रै उडान गरिने हुँदा बुद्ध एयरको अर्को विमान काठमाडौँबाट आइरहेको पनि नागरिक उड्यन कार्यालयले जनाएको छ। स्याल ठोकिदा जहाजको नोजल गेयरमा समस्या आएकोले सो चेकजाँचका लागि काठमाडौँबाट इञ्जिनियरको टोली बाँकै आइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए।

दुई साता अघि मात्र नेपालगञ्जबाट मुगु उडानको लागि धावन मार्गमा दौडीरहेको सीता एयरको टुइनेटर जहाजमा तीन वटा बँदेल ठोक्किएका थिए।

सो घट्नापछि धावनमार्ग वरिपरिको घाँस र झाडीलाई सफा गरिएपनि अहिले फेरी जहाज स्यालसँग ठोक्किएको छ।

More News last news
Loading...