काठमाडौँ । साताको चौथो दिन अर्थात आज (बुधबार) पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।
सोमबार तोलामा १६०० रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार प्रतितोला रु ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य मंगलबार प्रतितोला रु ९१ हजार ८०० रुपैयाँ रहेको थियो।
सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २२५ रहेको छ। मंगलबार चाँदी प्रतितोला रु एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
