आज (आइतबार) ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ।

शुक्रबार तोलामा १ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार प्रतितोला रु ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य शुक्रबार प्रतितोला रु ९३ हजार ९०० रुपैयाँ रहेको थियो।

सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २६० रहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...