आज (बिहीबार) घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य केही बढेको छ।

बुधबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य बुधबार प्रतितोला रु ९३ हजार ८०० रुपैयाँ रहेको थियो।

सुनको भाउ बढेपछि आज चाँदीको भाउ भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २८० रहेको छ। मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

More News last news
Loading...