सडक मर्मत गर्दैगर्दा स्काभेटर दुर्घटना, अपरेटरको घटनास्थलमै ज्यान गयो

दाङ l दाङमा सडक मर्मतको क्रममा आज बिहीबार बिहानै स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका-५ मा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही-१० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए।

घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर स्काभेटर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ।

More News last news
Loading...