आज (मंगलबार) घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ।

सोमबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य सोमबार प्रतितोला रु ९३ हजार ८०० रुपैयाँ रहेको थियो।

सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २९० रहेको छ। सोमबार चाँदी प्रतितोला रु एक हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...