काठमाडौँ । संघीय संसद सचिवालय अन्तर्गत राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले धुलिखेलमा रहेको जिपलाइन खेलेका छन् ।
शनिवार धुलिखेल पुगेका तिमिल्सिनाले धुलिखेल जिपलाइन खेलेर रमाएका हुन् । उनले जिपलाइन गर्न पाउँदा अत्यन्तै आनन्द र रोमान्टिक भएको बताएका थिए ।
सधै राजनीतिक गतिविधिमा व्यस्त हुने उच्च तहका नेताहरु पनि विभिन्न खेलमा रमाउने क्रम वढ्दो छ। पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि धुलिखेल पुगेर जिपलाइन गरेका थिए ।
प्रचण्डले जिपलाइन गरेपछि उनका तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा भाईरल नै भएका थिए । प्रचण्डले जिपलाइन गरेसँगै धुलिखेल पुगेर जिपलाइन गर्नेको संख्यामा समेत वृद्वि भएको धुलिखेल जिपलाइनका अध्यक्ष केदार थापाले बताए ।
उनका अनुसार केहि समयअघिसम्म दिनका ८–१० जनाले मात्र जिपलाइन खेल्ने गरेको भएपनि त्यसपछिका दिनमा त्यो संख्या वढेर २५–३० जना सम्मले जिपलाइन गर्ने गरेका छन् ।
हेर्नुहोस् भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
