माल्दिभ्सको राजधानी मालेमा भारतविरोधी विशाल प्रदर्शन

एजेन्सी । माल्दिभ्समा रहेको भारतीय सैन्य उपस्थिति हटाउन माग गर्दै राजधानी मालेमा भारतविरोधी प्रदर्शन गरिएको छ।

भारतीय सैन्य उपस्थितिलाई लिएर मालेमा भएको यो वर्षको दोस्रो विशाल प्रदर्शन हो । शुक्रबार (हिजो) भएको उक्त प्रदर्शनमा प्रदर्शनकारीहरुले माल्दिभ्सबाट बिनाशर्त तत्काल भारतीय सेना हटाउन माग गरेका छन् ।

Advertisement

त्यस्तै उनीहरूले राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, रक्षामन्त्री मारिया दीदी र विदेशमन्त्री अब्दुल्ला शाहिद एसीको राजीनामा समेत माग गरेका छन् ।

विपक्षी गठबन्धनले आयोजना गर्दै आएको ‘माल्दिभ्सको रक्षा’ अभियानअन्तर्गत पछिल्लो प्रदर्शन भएको बताइएको छ।

शुक्रबार (हिजो)को प्रदर्शनमा विपक्षी गठबन्धनका सबैजसो नेतृत्व, माल्दिभ्स क्रान्तिकारी आन्दोलनका सदस्यहरू र सेवानिवृत्त वरिष्ठ सैन्य र प्रहरी अधिकारीहरूको उपस्थितिलाई विशेष अर्थपूर्ण ठानिएको छ।

More News last news
Loading...