तिहारको पहिलो दिन (आज) घट्यो सुन-चाँदीको मूल्य, तोलाको कति ?

काठमाडौँ । आज साताको चौँथो दिन अर्थात (बुधबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । हिजो तोलामा २०० रुपैयाँले बढेको सुनको भाउ आज प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य मंगलबार प्रतितोला रु ९१ हजार ३०० रुपैयाँ रहेको थियो।

सुनको भाउसँगै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २२५ रहेको छ । मंगलबार चाँदी रु, १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...