जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको ज्यान गयो, एक गम्भीर घाइते

जाजरकोट । नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसो दुर्घटनामा परेको हो।

Advertisement

दुर्घटनामा नलगाड–५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको ज्यान गएको हो।

नलगाड-८ का विनोद परियार घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए। ट्याक्टर नम्बर खुलेको छैन।

More News last news
Loading...