सीता एयरको जहाज बँदेलसँग ठोक्कियो, नेपालगञ्ज विमानस्थल ठप्प

काठमाडौँ । सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएएर दुर्घटनामा परेको हो ।

हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो ।

Advertisement

यात्रु र चालक दलका सदस्य सकुशल छन् । तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ । अहिले विमानस्थल ठप्प छ ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । १४ यात्रु र कार्गो बोकेको सो जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग (तल्लो पेट) मा प्वाल परेको छ।

धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ ।

More News last news
Loading...