१८ गड्डी तास बोकेर नर्सरीमा जुवा, प्रहरीको छापा

बाँके । नर्सरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले खजुराबाट दुई जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका–२ स्थित नर्सरीमा जुवा खेलिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–३ का २८ बर्षिय अशोक बर्मा र भारतको बहराइच जिल्ला रुपैडिहा बस्ने ४० बर्षीय राधे बर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

Advertisement

न्यौपानेकाअनुसार उनीहरुको साथबाट ६० हजार ५०० नगद र १८ गड्डी तास बरामद गरिएको छ ।

नर्सरीमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि खोजतलास गर्दै प्रहरी पुगेपछि शनिबार राति ९ बजे नर्सरीमा जुवा खेलिरहेकै बेला दुई जना पक्राउ परेका थिए । प्रहरी पुगेको सुइँको पाएपछि जुवा खेलिरहेका करिब आधा दर्जन बढी जुवाडेहरु भागेको जनाइएको छ ।

प्रहरीले घर, पसल र होटलमा जुवातास खेल्नेमाथि निगरानी बढाउन थालेपछि जुवाडेहरु गाउँ नजिकका नर्सरी र जंगललाई सुरक्षित ठानेर लुकिछिपी जुवा अखडा चलाउन थालेका छन् ।

More News last news
Loading...