प्रकाश र मिनाले जिते पहिलो दोहोरी च्याम्पियनको उपाधि

पोखरा । पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले जितेको छ।

फेवा किनारमा शनिबार साँझ भएको फाइनलमा पराजुली र बुढाथोकीले उपाधि उचालेका हुन् ।

Advertisement

शोभा कार्की र बालचन्द्र बरालको जोडी दोस्रो भयो भने रिता रावत र सविन आचार्यको जोडी तेस्रो भएको छ। प्रतियोगितामा मिना नेपाल र राजेन्द्र पाठकको जोडी सान्त्वना भएको छ।

नेपाल टेलिभिजनले आयोजना गरेको प्रतियोगिता ९ महिनाअघिदेखि सुरु भएको हो । प्रतियोगिताको विजेताले २० लाख नगद सहित १ करोडको जीवन बिमा प्राप्त गरेका छन्।

उप विजेताले १० लाख र ५० लाखको जीवन बिमा, तेस्रोले २ लाख र सान्त्वना हुनेले २ लाख नगद पाएका छन्।

उनीहरूलाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण गरे । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले छिट्टै दोस्रो संस्करण ल्याउने घोषणा गरेका छन्।

More News last news
Loading...