काठमाडौँ । इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दू बनेकी छिन् । मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गरेकी हुन् ।
उनलाई हिन्दू बन्न तत्कालिन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ। सुकमा वतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान भएको उनका वकिले बताएका छन् । उनी हिन्दू धर्मका आदर्श र सिद्धान्तबारे पनि उत्तिकै सचेत रहेको बताइन्छ ।
हेइटीमा इन्धन अभावपछि दर्जनौं बिरामी मृत्युको जोखिममा
हेइटीमा इन्धनको चरम अभाव भएको छ । इन्धन अभावकाकारण हेइटीका प्रमुख अस्पताललगायतका अत्यावसेकीय सेवा प्रभावित भएका छन् । राजमार्गमा विभिन्न समूहले इन्धन चालकलाई अपहरण गरेर फिरौती रकम उठाउने क्रम बढेपछि इन्धन आपूर्ति प्रभावित भएको हो ।
दन्डहिनता र शान्ति सुरक्षाको अभावले देशमा अपरहण, चोरी, लुटपाट र ठगीका घटनामा बृद्धि भएका छन् । सरकारले पर्याप्त सुरक्षा दिन नसकेको भन्दै सर्वसाधरणले सडकमा ढुंगा तेर्साएर विरोध गरेपछि इन्धन आपूर्ति झन समस्या भएको हो ।
सरकारको बिरोधमा एक सातादेखि सुरु भएको प्रदर्शन मंगलबार पनि जारी छ । बारम्बारको इन्धन कटौतीका कारण बिरामीको ज्यान जोगाउन हेइटीका अधिकांश अस्पताल जेनेरेटरलगायतका साधनमा निर्भर छन् ।
इन्धनको सहज आपूर्ती नभएमा ३०० बालबालिका, ४५ महिला र १५० जना कोभिड बिरामीको ज्यान जान सक्ने युनिसेफले जनाएको छ । ‘विद्युत अवरोधकै कारण कुनै पनि बालबालिकाको मृत्यु नहोस,’ हेईटस्थित युनिसेफका प्रतिनिधि राउल डेल टोर्सीले भने ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
