आज (मंगलबार) घट्यो की बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज साताको तेस्रो दिन (मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ । मूल्य बढेसँगै नेपालमा छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाल सुन सोमबार प्रतितोला रु ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ९०० रहेको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो ।

More News last news
Loading...