मुक्तिनाथ बैंकले सञ्चालनमा ल्यायो दुर्घटना बीमासहितको बचत खाता

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहक लक्षित बचत खाता योजना सञ्चालनमा ल्याएको छ।

बैंकले निक्षेपकर्तालाई लाभदायी बचत खातामध्ये सर्वाधिक ब्याजदर, १० लाखको दुर्घटना मृत्यु तथा अशक्त बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको हो।

Advertisement

ग्राहकले १० हजारको न्यूनतम मौज्दातमै उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक ब्याजदर ५ दशमलव ५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ।

यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

More News last news
Loading...