काठमाडौंको एक होटलबाट ११ अफगानी नागरिक पक्राउ, यस्तो रहेछ कारण

काठमाडौं । काठमाडौंबाट ११ अफगानी नागरिक पक्राउ परेका छन्। प्रहरीले सिनामंगलको एक होटलबाट उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको हो।

सिनामंगलको एक होटलमा विदेशी नागरिक लुकिछिपी बसेका छन् भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सीआईवीका प्रवक्ता श्यामकुमार महतोले बताए ।

Advertisement

अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि देश छोड्नेको संख्या बढेको छ। उनीहरु पनि त्यही क्रममा भारत हुँदै नेपाल प्रवेश गरेको देखिएको छ।

उनीहरुको साथबाट भारतीय कागजात पनि प्रहरीले बरामद गरेको छ। ती कागजातबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...