काठमाडौँ । आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको भाउ स्थिर छ। दशैँ सकिएसँगै हिजो बढेको सुनको भाउ आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो पनि प्रतितोला ९१ हजार ४०० सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ पनि भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९०) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुन थालेको छ।
यसैगरी, नेपाल राष्ट्र बैँकले तोके अनुसार, आज बिहीबार अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर १२० रुपैयाँ ८ पैसा रहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
