नेपाल र इन्डोनेसियाबीच मैत्रीपूर्ण फुटबल खेल आज

काठमाडौँ । नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।

नेपाली यू २३ राष्ट्रिय फुटबल टिमले इन्डोनेसियाको यू-२३ टिमसँग ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा साँझ ५:४५ बजे खेल्दैछ ।

Advertisement

एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ।

More News last news
Loading...