काठमाडौँ । आज (बिहीबार) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । दशैँ सकिएसँगै आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९१ हजार ४०० सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुन थालेको छ।
यसैगरी, नेपाल राष्ट्र बैँकले तोके अनुसार, आज बुधबार अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
