पाकिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको ज्यान गयो, कयौँ घाइते

काठमाडौं । पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार बिहान करिब ३ बजेतिर गएको भूकम्पमा परि कम्तिमा पनि २० को मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् ।

त्यस्तै कयौं मानिसहरु घाइते तथा संरचनाहरु भत्किएको समाचारहरुमा उल्लेख गरिएको छ । भत्किएका घर तथा संरचनाहरुमा कयौँ मानिस च्यापिएको अनुमान गरिएको छ ।

Advertisement

भूकम्प ५.९ म्याग्निच्युटको मापन गरिएको छ । बिहान सुतिरहेको अवस्थामा भूकम्प आएकाले धेरै मानवीय क्षति भएको बताइएको छ ।

हालसम्म २० को मृत्यु भइसकेको पुष्टि भएपनि भूकम्पले धेरै क्षति पुर्याएको अनुमान गरिएको छ । यद्यपि यकिन तथ्याङ्क भने आउन बाँकी नै रहेको छ ।

More News last news
Loading...