काठमाडौँ । पूर्वयुवराज पारस शाहको पोखरास्थित फ्ल्याटमा चोरी भएको छ। लेकसाइड, बुलौंदी स्थित शाह बस्दै आएको फ्ल्याटबाट सामान चोरी भएको थियो।
उनकै फ्ल्याटमा बस्ने कामदारले नै चोरी गरेको खुल्न आएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
काठमाडौं महानगरपालिका-२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले भने शाहले कास्कीमा निवेदन नदिएको बताए । प्रवक्ता हमालले पनि आफूहरुलाई अफिसियल रिपोर्टिङ नगरेपनि काठमाण्डौबाट पक्राउ गरेको जानकारी पाएको बताए।
शाहको निवासबाट क्यामरा, आइप्याड २ थान, दुरविन २ थान र नोकिया सेट चोरी भएको बताइएको छ। गौतमले पोखराबाट सामान चोरेर काठमाडौं पुर्याएको खुलेको छ।
चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ। आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
