चन्द्रागिरिको कांग्रेसमा गिरीको प्यानल सर्वसम्मत

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको कांग्रेस सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् । गिरी चन्द्रागिरि नगरपालिकाका मेयरसमेत हुन्।

आइतबार राति अबेर सर्वसम्मत रुपमा गिरीको नेतृत्वमा प्रकाशमान सिंह पक्षको प्यानल नै निर्वाचित भएको हो।

Advertisement

उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र विक्रम वानियाँ चुनिएका छन् भने सचिवमा राजेन्द्र महर्जन र नविन महर्जन तथा सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चुनिएका छन्। कोषाध्यक्ष मञ्जय प्रकाश श्रेष्ठ बनेका छन्।

अब कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा नेतृत्व चयन हुन बाँकी छ । कीर्तिपुरमा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ।

दक्षिणकालीमा एउटा वडामा क्रियाशील सदस्यताको विवादका कारण नेतृत्व चयनको प्रक्रियामा ढिलाइ भएको छ। काठमाडौँ जिल्लाका अन्य स्थानीय तहको भने परिणाम आइतबार रातीसम्म आइसकेको छ ।

More News last news
Loading...