काँग्रेस महाधिवेशन : गृहनगरमै देउवालाई धक्का, गगनको क्लिन स्विप

काठमाडौँ । नेपाली काँग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको नगर अधिवेशनमा बुढाथोकीले १५५ मत प्राप्त गरी सभापतिमा बाजी मारेका हुन्।

उनका प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन्। काँग्रेस केन्द्रीय सदस्य गगन थापा निकट राजारामको प्यानललाई पूर्व महामन्त्री प्रकाशमान सिंहको पनि समर्थन थियो।

Advertisement

काठमाडौंको नगर अधिवेशनमा सिंह र थापा निकट उम्मेदवारको एउटै प्यानल बनेको छ । सिंह थापा निकट प्यानल सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला निकट प्यानलसँग प्रतिस्पर्धामा छ।

प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको गृह नगरसमेत रहेको बूढानीलकण्ठमा सिंह थापा प्यानलले क्लिन स्विप पारेको छ।

बूढानीलकण्ठका ३, ४, ५, र ७ नम्बर वडा सहमहामन्त्री प्रकाश शरण महतको निर्वाचन क्षेत्रसमेत रहेको छ । बाँकीका नेता थापाको निर्वाचन क्षेत्र पर्छ । जहाँ थापा निकट राजारामकै प्यानल नै निर्वाचित भएको छ।

उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन्। यस्तै सचिवमा विजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी निर्वाचित भएका हुन्। सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ।

More News last news
Loading...