तारकेश्वरमा काँग्रेसको रोचक परिणाम, गगन-प्रकाशको लज्जास्पद् हार, सिटौला समुहले मार्यो बाजी

काठमाडौँ । काठमाडौंको तारकेश्वर नगर अधिवेशनबाट नगर सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहका महर्जनले नेता प्रकाशमान सिंह र गगन थापा समूहका श्रीराम थापालाई पराजित गरेका हुन् ।

सिटौला समूह छोडेर गगनले प्रकाशमान सिंहलाई साथ दिएपनि श्रीराम थापा पराजित भएसँगै यस नगरमा सो समुहको लज्जास्पद् हार भएको छ ।

Advertisement

सिटौला समूहका नेता भीमसेनदास प्रधानले देउवा समूहसँगको सहयोगमा सिंह र थापा समूहलाई पराजित गर्न सफल भएका छन् । तारकेश्वर नगरपालिकामा प्रधानको निर्वाचन क्षेत्र समेत हो।

काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा महामन्त्रीका उम्मेद्वार प्रदीप पौडेलको समेत समर्थन पाएका महर्जनले १३५ मत प्राप्त गर्दा थापाले ११४ मत मात्रै पाएका छन् ।

उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन् । यस्तै सचिवमा राजु फुयाल, शंकर तिमिल्सिना र अप्सरा खड्का निर्वाचित भएका छन् भने सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेलले बाजी मारेकी छन् ।

More News last news
Loading...